कर्म र केकीको ‘लभ सासा’ टिजर रिलिज
कर्म र केकी अधिकारी मुख्य भूमिकामा प्रस्तुत भएको फिल्म ‘लभ सासा’ को टिजर रिलिज गरिएको छ । प्रचण्डमान श्रेष्ठ निर्देशित फिल्मको टिजरमा प्रेमलाई मुख्य रुपमा प्रस्तुत गरिएको छ । माधव वाग्ले निर्माता रहेको फिल्म ‘लभ सासा’ को प्रदर्शन मिति पुष २९ गतेलाई तोकिएको छ । फिल्ममा केकी र कर्म सहित आशिफ शाह पनि महत्वपूर्ण भूमिकामा प्रस्तुत भएका छन् ।टिजर हेर्नुस् :