कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले सिन्धुपाल्चोकमा निर्माण गरेको गिरान्चौर एकिकृत नमुना बस्तीको साँचो शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले गिरानचौर बस्ती व्यवस्थापक रामबहादुर तामाङलाई हस्तान्तरण गरेकी छिन् । राष्ट्रपति भण्डारी अगाडी धुर्मुस र सुन्तलीका आमा र बुवाले क्रमशः ब्लक सि र बीको साँचो हस्तान्तरण गरेका थिए ।

giranchaur-basti-hastantaran-rastrapati-docx

बस्ती हस्तान्तरण गर्न हेलिकप्टपरबाट गिरान्चौरको पुगेकी राष्ट्रपति भण्डारीले धुर्मुस र सुन्तलीले गरेको सामाजिक कार्यलाई बधाई दिदैं सरकारलाई नै उनीहरुले चुनौती दिएको बताइन् । यस्तै मह जोडीका मदकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले धुर्मुस र सुन्तलीले सरकारलाई नै पछि पारेको बताए । धुर्मुस सुन्तली फाण्डेशनका संरक्षक समेत रहेका महले नेपाली कला क्षेत्रको नाम राख्ने काम उनीहरुले गरेको बताए ।

dhurmus-suntali-with-family

बस्ती निर्माणमा सहयोग गर्ने सम्पूर्ण सहयोगी दाता, संघ संस्था तथा व्यत्तिलाई धन्यवाद दिदैं अब देश निर्माण जुट्ने धुर्मुसले बताए । उनले भने, ‘भूकम्पबाट भत्किएका बस्ती निर्माण गर्यौं अब देश निर्माण गर्छौं ।’ ६५ परिवारका लागि घर निर्माण गरिएको बस्तीलाई अपाङ्ग मैत्री, बाल मैत्री, वातावरण मैत्री, भूकम्प प्रतिरोधी, पहिरो प्रतिरोधी गरी पाँच अवधाराणालाई अपनाइएको छ । ६ महिनापछि उनीहरुले बस्ती निर्माणको कार्य सम्पन्न गरेका हुन् ।

giraunchaur-basti

For More videos Log on to Mazzako TV