कात्तिक १२ गते, शुक्रबारदेखि अल नेपाल प्रदर्शनमा आउने फिल्म ‘राधा’ को बिहिबार राजधानीको बिग मुभिजमा प्रिमियर गरिएको छ । फिल्मकर्मी र सञ्चारकर्मीले भरिभराउ ‘राधा’ को प्रिमियरमा निर्देशक योगेश घिमिरे, नायक जीवन लुईंटेल र नायिका संचिता लुईंटेलले सेल्फीको मज्जा लिए ।

jiban-sanjita-yogesh

फिल्म सुरु हुनु पुर्व जीवन र संचिताले पालैपालो आफ्नो टिमसँग सेल्फी लिएका थिए । ‘राधा’ टिमको सेल्फी मोह हेर्न लायकको थियो भने फोटोग्राफरहरुले पनि उनीहरुले सेल्फी लिएको तस्बिर मज्जैले क्लिक गरे । प्रिमियर शोमा अभिनेता सरोज खनाल, निर्देशक नरेश पौडेल, विकास आचार्य, सुदर्शन थापा, ज्ञानेन्द्र देउजा, बरिष्ठ कलाकार बसुन्धरा भूषाल, नायिका पूजा शर्मा लगाउत सहभागी थिए ।

jiban-sanjita-yogesh1

संचिता ‘राधा’ र जीवन ‘राम’ बिचको प्रेम कथालाई पस्किइएको ‘राधा’ लाई प्रिमियरमा राम्रो भन्ने प्रतिक्रिया मिलेको छ । बिहे पश्चात संचिता लामो समय पछि ‘राधा’ मा शिर्ष भूमिकामा प्रस्तुत भएकी हुन् । तस्बिर : उद्धव रसाईली

jiban-sanjita-yogesh3

jiban-luitel-sanjita-luitel

sanjita-luitel-pooja-sharma

sudrshan-thapa-utsav-rasaili

For More videos Log on to Mazzako TV