माघे संघ्रान्तीमा निखिल उप्रेती ‘किङ्ग’ आउने
निखिल उप्रेती स्टारर फिल्म ‘किङ्ग’ को नयाँ प्रदर्शन मिति तय गरिएको छ । निर्माण कम्पनि तथा वितरण कम्पनिले सविर श्रेष्ठ निर्देशित यो फिल्मलाई पुष २९ गते, माघे संघ्रान्तीको अवसर पारेर रिलिज गर्ने निधो गरेका छन् । यसअघि ‘किङ्ग’ लाई दशैं रिलिजको लक्ष्य राखिएको थियो ।

नयाँ रिलिज मिति तय भएसँगै निर्माता जयन श्रेष्ठले यसै साताबाट फिल्मको प्रचार प्रचार सुरु गर्ने बताएका छन् । एक्सन लभ स्टोरी फिल्म ‘किङ्ग’ मा निखिलको अपोजिटमा नायिका वेनिशा हमाल प्रस्तुत भएकी छिन् । निखिल र वेनिशासँगै फिल्ममा अनुपबिक्रम शाही, रुपा राना, प्रस्तुतकर्ता जगन श्रेष्ठ मुख्य भूमिकामा छन् । पुष २९ मा ‘किङ्ग’ सँगै फिल्म ‘कारखाना’ ले आफ्नो प्रदर्शन मिति तोकिएको छ ।
For More videos Log on to Mazzako TV







