बीस दिनमै ‘पञ्चायत’ प्याकअप
फिल्म ‘पञ्चायत’ को छयांकन सकिएको छ । एक गीत तिहारपछि मात्र खिचिने गरि यसै साताबाट फिल्मको सुटिङ प्याकअप गरिएको कार्यकारी निर्माता रवि अधिकारीले जानकारी दिए । २० दिनको पहिलो तालिकाको सुटिङ प्याकअप भएको हो । दिनरात नभनी निरन्तर २४ घण्टासम्म काम गरेर फिल्मको पहिलो चरणको छायाँकन सकिएको निर्देशक शिवम अधिकारीले बताएका छन् ।
बाग्लुङ सहित पश्चिमाञ्चलका विभिन्न ग्रामिण भेगमा खिचिएको फिल्मले ५० बर्ष पुरानो कथा बोकेको छ । जहाँ सरोज खानल र निता ढुङगाना केन्द्रिय भूमिकामा प्रस्तुत भएका छन । सरोज र नीतासँगै फिल्ममा रुपा राना, बिशाल पहाडी, गिता अधिकारी, किरण थापा, जाहन्वी बस्नेत, गणेश गिरी, राजुबाब’ श्रेष्ठ लगायतको अभिनय रहेको छ ।
सुशान्त श्रेष्ठ र शंकर सुवेदि निर्माता रहेको फिल्ममा मेनुका ढुङगाना सहनिर्माता हुन । फिल्मलाई रामेश्वर कार्कीले खिचेका हुन । ‘पञ्चायत’ लाई अन्तराष्ट्रिय फेस्टिभलहरुमा सहभागी गराउने निर्माण टीमको योजना छ । फिल्मको प्रदर्शन पनि विदेशबाटै सुरु गर्ने प्रस्तुतकर्ता गणेश गिरिले बताए ।
For More videos Log on to Mazzako TV