‘जात्रा’को ‘नोट नोट नोट…..’, कहाँ छ पैसा फल्ने बोट ? (भिडियो)
बरिष्ठ हाँस्यकलाकार हरिवंश आचार्यले चलचित्र ‘जात्रा’को लागि गाएको गीत ‘नोट नोट’ सार्वजनिक गरिएको छ । सुन्दा र हेर्दा निकै मज्जाको लाग्ने चलचित्रको यो प्रोमोशनल गीतमा हरिवंशलाई गायिका शशी रावलले साथ दिएकी छिन् । गीतमा शब्द हरिवंश आचार्यकै रहेको छ भने संगीत रोशन थापाको छ ।
निकै आक्रमक प्रचारमा उत्रिएको ‘जात्रा’ युनिट यो गीतले दर्शकको मन तान्ने कुरा विश्वस्त देखिएका छन् । चलचित्रका निर्देशक प्रदिप भट्टराई भन्छन्, ‘जीवनको यथार्थलाई रमाईलो ढंगबाट गीतमा बोलिएको छ।’ उनका अनुसार चलचित्रको मुल मर्मलाई पनि गीतले दर्शाएको छ । न्युरोेडका तीन व्यापारीले पैसाका लागि गरेको संघर्षको कथालाई जात्रामा देखाईएको छ ।
यही कार्तिक २६ गतेबाट सार्वजनिक प्रर्दशनमा आउन लागेको चलचित्र ‘जात्रा’लाई रविन्द्र सिंह बानिया, सांगे लामा र यादव पौडेलले मिलेर बनाएका हुन् । चलचित्र जात्रामा विपिन कार्की, बर्षा राउत, रविन्द्र सिंह बानिया, रवीन्द्र झा, प्रेक्षा बज्राचार्य लगायत कलाकारहरुको अभिनय हेर्न पाईन्छ । केही समय अघि सार्वजनिक चलचित्रको प्रोमोले दर्शकहरुको मज्जाले ध्यान तानेको छ ।
For More videos Log on to Mazzako TV