गिरान्चौर बस्ती हस्तान्तरणमा धुर्मुस र सुन्तलीको निम्तो
कलाकारद्वा सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को अगुवाइमा भएको गिरान्चौर एकिकृत बस्ती निर्माणको कार्य सम्पन्न भएको छ । ६५ परिवारका निम्ति निर्माण भएको उक्त बस्ती यही कात्तिक १२ गते शुक्रबार हस्तान्तरण गर्ने कार्यक्रम छ । तामाङ समुदायको बाहुल्यता रहेको यस बस्तीको हस्तान्तरण राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुनेछ । राष्ट्रपतीबाट हुने बस्ती हस्तान्तरण कार्यक्रममा धुर्मुस र सुन्तलीले सम्पूर्ण सहयोगी हातहरुलाई पनि निमन्त्रणा दिएका छन् । उनीहरुले आफ्नो अफिसियल फ्यान पेजबाट गिरान्चौर बस्ती हस्तान्तरणको लागि दिएको निमन्त्रणा यस्तो छ :
‘गिरान्चौर एकिकृत बस्ती हस्तान्तरण बारे सहयोगी मन तथा हाम्रा शुभेच्छुकबाट प्राप्त प्रतिक्रियालाई हामीले गम्भीर रुपमा लिएका छौँ । यो बस्ती हामी सबैको साझा पहलबाट निर्माण सम्पन्न भएको हो । देश तथा विदेशमा रहनु भएका सहयोगी हातहरुको साथ बिना त यो बस्ती निर्माण असम्भव नै थियो । योसँगै सरकारी नियमभित्र रहेर नै बस्ती निर्माण भएकाले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, मेलम्ची नगरपालिका, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सिन्धुपाल्चोक, विद्युत प्राधिकरण मेलम्ची शाखा, स्वादेशी तथा सम्पूर्ण स्वंसेवक, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको गतिलो सहयोग मिलेको छ । बस्ती निर्माणको भिडियो हेर्नुस् :
प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गर्दै हजुरहरुको मनको चाहानाअनुरुप नै हामी गिरान्चौर एकिकृत नमुना बस्ती, सम्माननीय राष्ट्रपति ज्युसँगै हामीलाई जन्म दिने बुवा, आमा एवं कर्मको बाटो देखाउने मह जोडी, हाम्रो प्यारी छोरी सुबिहानीको हातबाट कार्तिक १२ गते बिहान साढे ९ बजे ६५ भूकम्प पिडित परिवारलाई हस्तान्तरण गर्ने छौँ । कृपया बस्ती हस्तान्तरण समारोहमा उपस्थितिका लागि सबैमा अपिल गर्दछौँ ।’
For More videos Log on to Mazzako TV