जीवन लुइँटेल र संचिता लुइँटेल मुख्य भूमिकामा रहेको फिल्म ‘राधा’ यही शुक्रबार अर्थात् कात्तिक १२ गतेदेखि प्रदर्शनमा आउँदैछ । बिहिबार प्रिमियर शो राखिएको यो फिल्मले कस्तो व्यापार गर्ला ? यद्पी यो फिल्मले आफ्नो लगानी उठाउन २ करोड करोबार अनिवार्य रुपमा गर्नु पर्ने देखिएको छ ।

radha-poster
निर्देशक योगेश घिमिरेका अनुसार ७० लाख लागतमा राधाको निर्माण सहित पब्लिसिटी सम्पन्न भएकाले बक्स अफिशमा यो फिल्मले २ करोड अनिवार्य कारोबार गर्नु पर्ने अवस्था आएको हो । नेपाली बक्स अफिशमा कुनै पनि फिल्मले एक करोड ग्रस कारोबार गर्यो भने निर्माताले ३५ लाख शेयर पाउने प्रावधान छ । त्यसकारण ७० लाख लागतमा बनेको यो फिल्मले आफ्नो लगानी रिकभर गर्न २ करोडको कारोबार गर्नु पर्ने हुन्छ । ट्रेलर हेर्नुस् :

आउँदो शुक्रबार देखि देशब्यापी प्रर्दशनमा आउन लागेको यस फिल्ममा राधा र कृष्णको कथा नभई कलियुगको राम र राधाको कथा रहेको निर्माण पक्षले जनाएको छ । फिल्मको छायाँकन पूर्वको झापा सहित ईलाम र भारतको दार्जे्लिङमा भएका कारण फिल्मको लागत पब्लिसिटीमा खर्चिएको १७ लाख काट्दा पनि ५३ लाख पुग्न आएको निर्माण पक्षले दाबी गरेको छ ।

For More videos Log on to Mazzako TV