रोज राणा भन्छन्, ‘जय परशुराम नचल्नुको जिम्मेवारी म लिन्छु’

रोज राणाको निर्माण तथा निर्देशन रहेको फिल्म ‘जय परशुराम’ बाट नायक विराज भट्टले कमब्याक गरेका थिए । तर उनको कमब्याक सुखद हुन सकेन । फिल्मले एभ्रेज व्यापार गर्दा विराजको स्टारडम नफर्किएको विश्लेषण फिल्मी बजारमा भयो । यद्पी ‘जय परशुराम’ वम्पर हिट नजानुको जिम्मेवारी निर्माता तथा निर्देशक रोज राणाले लिएका छन् । मज्जाको टिभीसँगको कुराकानीमा रोजले अरु के भनेका छन् त ? भिडियो हेर्नुस् :
रोजका अनुसार हाई बजेटको फिल्म भएका कारण उनी घाटामा गएका हुन् । फिल्म र कलाकारको प्रस्तुती तारिफयोग्य भएपनि निर्माताको रुपमा आफुलाई घाटा भएको उनको भनाई छ ।
For More videos Log on to Mazzako TV







