सञ्चाकर्मीलाई भेट्दा किन रोइन् जल शाह ? (फोटो र भिडियो सहित)
गएको वर्ष छोटो भेटघाटको लागि नेपाल आएकी अभिनेत्री जल शाह यो दशैंमा भने घुमघाम र भेटघाटको समय निकालेर जन्मभूमि आएकी छिन् । विगत एक दशकदेखि परिवारि सहित अमेरिकामा बस्दै आएकी अभिनेत्री शाहले नेपाल बसाईंका क्रममा आफ्नो समयका केही सञ्चारकर्मीलाई भेटघाट पनि गरिन् ।
गएको शनिबार काठमाण्डौंको अन्नपूर्ण होटलमा गरिएको सञ्चारकर्मीसँगको भेटघाटमा नायिका जल शाह भावुक बन्न पुगिन् । आफ्ना समयका सञ्चारकर्मीलाई भेट्दा उनले आँखाबाट आँसु नै खसालिन् । ‘धेरै पछि भेट भयो । आफुलाई थाम्नै सकिंन’ छोरी कलशसँग सञ्चारकर्मीसँग भेट गरेकी जलले भनिन्, ‘उहाँहरु त घरको सदस्य जस्तै हो । लामो समयपछि भेट हुँदा भावुक भएँ ।’
यसै साता अमेरिका फर्किने योजनामा रहेकी अभिनेत्री शाहले मज्जाको टिभीसँग अमेरिकाको बसाईं र आगामी योजना बारे कुराकानी गरेकी छिन् । भिडियो हेर्नुस् :