अमेरिकाको ग्रिन कार्ड होल्डर नायक तथा निर्माता सुधाम्शु जोशी र नायिका उषा पौडेल विवाह बन्धनमा बाँधिने भएका छन् । उनीहरुले यही मंसिरमा महिनामा अमेरिकामै विवाह गर्ने निधो गरेका हुन् । सुधाम्शु एक दशक अगाडीदेखि भर्जिनियाविचमा र उषा बाल्टिमोरमा बस्दै आइरहेकी छिन् ।

shudhamshu_usha
केही महिना अगाडी मात्रै माया प्रेममा परेका सुधाम्शु र उषाले पारिवारिक सहमतीमै विवाह गर्ने निर्णय गरेका हुन् । आफ्नो विवाहमा उषाले नेपालबाट परिवारका सदस्यलाई त्यहाँ झिकाउनेछिन् । सुधाम्शुका परिवार उतै छन् । आइटी अफिसर सुधाम्शुको यो दोश्रो विवाह हो भने उषाको पहिलो । पछिल्लो पटक ‘नेपाल’ नामक फिल्ममा लगानी तथा अभिनय गरेका सुधाम्शुको पहिलो पत्नीसँगसम्बन्ध विच्छेद भैसकेको छ । ‘मुना मदन’ फिल्मी मुना उर्फ उषा र सुधाम्शु दुवैलाई बैवाहिक जीवनको शुभकामना !

For More videos Log on to Mazzako TV