नायक हसनराजा खानले निर्माण गर्ने फिल्म ‘रोमियो’ निर्माणको औपचारिक घोषणा गरिएको छ । बिहिबार राजधानीमा प्रेमसमिट गर्दै हसनले आफ्नो टिमको परिचय गराउँदै फिल्मबारे थप जानकारी गराए । लभ स्टोरीमा फिल्ममा उनी सहित नायिका निशा अधिकारी, मोडल ओसिमा बानु र अभिनेत्री मेलिना मानन्धर सहित अन्य कलाकारहरुको अभिनय रहनेछ । ‘रोमियो’ लाई शंकर कार्कीले निर्देशन गर्नेछन् ।

nisa-adhikari-hasan-khan-osima-banu

नायिका अधिकारीले ‘रोमियो’ मा आफु सुहाउँदो भूमिका गर्न लागेको बताइन् । यस्तै छोरी हुर्काउँदै गरेकी अभिनेत्री मानन्धरले स्क्रिप्ट चित्त बुझेर आफु फिल्म खेल्न राजी भएको बताउँदा निर्माता तथा नायक हसनले राम्रो टिमले राम्रो फिल्म बनाउने बताए । ‘रोमियो’ मा हसनराज, नीशा, ओसिमा, मेलिना सहित भानु प्रताप ढकाल, विपेन गुरुङ, विकास खतिवडा लगायतका कलाकारको अभिनय रहनेछ भने सुरेश न्यौपाने, सुवास सुवेदी र रामकुमार श्रेष्ठ सह–निर्देशकको रुपमा रहेका छन् । यस्तै किरण घिमिरे ‘माइकल’ को लेखन रहेको फिल्ममा रामेश्वर कार्कीको छायांकन रहनेछ भने सम्पादन सुरेन्द्र पौडेलले गर्नेछन् । अष्ट महर्जन एक्सन, गम्भिर बिष्ट र विपेन गुरुङको कोरियोग्राफी रहनेछ ।

melina-manandhar-hasan-khan-shankar-karki

यसैविच, फिल्ममा समावेश ल्याङ–ल्याङ बोलको गीतको अडियो सार्वजनिक गरिएको छ । यो अडियोको भिडियो बनाउनेमध्ये एकजनाको भिडियोको स्टेपलाई गीतको भिडियोमा समावेश गरिने निर्माणपक्षले बताएको छ । अडियो :

For More videos Log on to Mazzako TV