२०१४ का प्रोस्टाइल म्यानहन्ट ईन्टरनेशनल नेपाल अनुपविक्रम शाही २०१६ अक्टुवर २३ तारिखदेखि अक्टुवर २९ तारिखसम्म चाइनामा हुने म्यानहन्ट ईन्टरनेशनल वल्र्ड प्रतिस्पर्धामा सहभागी हुने भएका छन् । नेपाली फिल्मका नायक समेत रहेका अनुपविक्रम म्यानहन्ट ईन्टरनेशनल वल्र्डको प्रतिस्पर्धामा जाने बारे आयोजक कम्पनी जिइइले बिहिबार प्रेसमिट गर्दै औपचारिक जानकारी दियो ।

manhunt-press-meet

राजधानीमा आयोजित प्रेसमिटमा अन्र्तराष्ट्रिय पुरुष सौन्दर्य प्रतियोगितामा नेपालको सहभागीता र यसको गरिमाबारे छोटो छलफल समेत गरियो । यही शनिबार चाइना जान लागेका अनुपले पुरुष सौन्दर्य प्रतियोगिताको पनि महत्व रहेको भन्दै आफुले नेपालको नाम राख्ने गरी आफ्नो प्रस्तुती दिने बताए । उनले भने, ‘त्यहाँ म भन्दा पनि नेपाल जाँदैछ । म जित्छु भन्ने भावना लिएर अगाडी बढेको छु ।’ तर पुरुष सौन्दर्य प्रतियोगितामा प्रायोजक कम्पनी र नेपाल सरकारको त्यति सहयोग नरहेको उनले गुनासो पोखे । यता आयोजक कम्पनी जिइइका सिइओ अनुपले पुरुष सौन्दर्य प्रतियोगितालाई पनि प्राथमिकतामा राखेर अगामी कार्यक्रम गर्ने बताए ।

anoop-milan-chams-copy

यस्तै ‘हँसिया’, ‘वीर विक्रम’ जस्ता फिल्महरुमा अभिनय गरेका अनुपले म्यानहन्ट ईन्टरनेशनल वल्र्ड प्रतिस्पर्धामा आफु फिल्म छाडेर सहभागी हुन लागेको खुलाए । निर्माता तथा निर्देशक मिलन चाम्सले पनि अनुपले ‘ह्याप्पी डेज’ चाइनाकै कार्यक्रमको कारण खेल्न नपाएको बताए । निर्देशक तथा निर्माता चाम्सले भने, ‘अनुप विजयी होस् । मैंले भेट्न पनि समय लिनु परोस् । मेरो शुभकामना !’

For More videos Log on to Mazzako TV