कात्तिक २६ मै ‘जंगबहादुरको कोट’ (ट्रेलर सहित)
फिल्म ‘जंगबहादुरको कोट’ पनि यही कात्तिक २६ देखि प्रदर्शनमा आउने भएको छ । यतिबेला फिल्म युनिट प्रचार प्रसारमा जुटिरहेको छ । आशिष भेट्वाल निर्देशित फिल्म ‘जंगबहादुरको कोट’ मा विमलेश अधिकारी, अनुप बराल, आलोक कार्की, विश्व बस्नेत लगायत कलाकारहरुको अभिनय रहेको छ ।
‘जंगबहादुरको कोट’ नेपाल र अष्ट्रेलियामा छायाँकन गरिएको फिल्म हो । पुरुषोत्तम प्रधान र विदुर पाण्डेको छायाँकन रहेको फिल्ममा कालिप्रसाद बाँस्कोटा र विनोद घिमिरेले संगीत दिएका छन् भने द्धन्द्ध निर्देशन अष्ट महर्जनले गरेका छन् । देवी सिवाकोटी खड्काको कार्यकारी निर्माण रहेको फिल्ममा प्रमोद कुमार खड्का र जयन्द्र खड्का निर्माताको रुपमा रहेका छन् । ट्रेलर हेर्नुस् :
‘जंगबहादुरको कोट’ सँगै कात्तिक २६ मा अर्का दुई फिल्महरु पनि प्रदर्शनमा आउँदैछन् । ‘जात्रा’ र ‘बिजुली मेशिन’ ले पनि आफ्नो प्रचार प्रसार गरिरहेका छन् । कस्तो होला त एकै मितिमा आउने तीन फिल्महरुको व्यापार ?
For More videos Log on to Mazzako TV