निखिलले किन सम्झिएनन् संचितालाई ?
नायक निखिल उप्रेतीले आफन्त र फिल्म करिअरलाई थाँती राख्दै नायिका संचिता लुईंटेललाई कान्छी बनाएका थिए । संचितासँगको विवाहकै कारण निखिलले नेपाली फिल्म क्षेत्रबाट केही समय ब्रेक लिनु पर्यो । संचिता पनि फिल्म खेल्न छोडेर लगालग दुई सन्तानलाई जन्म दिएर घरगृहस्थीमा व्यस्त भइन् ।
तर समयसँगै निखिल नेपाली फिल्म क्षेत्रमा फर्किएका छन् भने संचिता पनि फिल्ममा सक्रिय हुन खोजिरहेकी छिन् । अझ निखिलले त कमब्याक पछि ‘भैरव’ फिल्म निर्माण र निर्देशन गरे जुन फिल्म सफल पनि मानियो । निखिलले पुन अर्को फिल्म ‘रुद्र’ निर्माणको घोषणा गरेर छायाँकन थालेका छन् । यसपट उनले लगानी र अभिनयको मात्रै अभिभारा लिएका छन् । फिल्म निर्देशनको जिम्मा रामजी लामिछानेलाई दिएका छन् ।
दुई फिल्मको निर्माण गरिसक्दा पनि निखिलले आफ्नी कान्छी पत्नी संचितालाई भने बिर्सिरहेका छन् । निखिलले बनाएका फिल्ममा संचिता अटाएकी छैनन् । स्क्रिप्टको माग भन्दै निखिलले नव नायिकालाई आफ्नो अपोजिटमा खेलाइरहेका छन् । आखिर किन बिर्सिए त निखिलले संचितालाई ? फिल्म क्षेत्रमा यो प्रश्न गर्नेहरु धेरै छन् ।
निखिलले आफ्नो फिल्ममा नलिएपनि संचिताले शिर्ष भूमिका निभाएको फिल्म ‘राधा’ भने यही कात्तिक १२ गतेदेखि अल नेपाल प्रदर्शनमा आउँदैछ । कस्तो होला त संचिताको ‘राधा’ ?
For More videos Log on to Mazzako TV