यस वापत करिश्मालाई हरितारा चलचित्र पुरस्कार
अभिनेत्री करिष्मा मानन्धरलाई हरितारा चलचित्र पुरस्कार प्रदान गरिने भएको छ । ०७३ कातिक २ गते बसेको कार्य समितिको बैठकले २०७१ सालको हरितार पुरस्कार अभिनेत्री मानन्धरलाई प्रदान गर्ने निर्णय गरेको हो । अढाइ दशक भन्दा बढी समयदेखी नेपाली फिल्म क्षेत्रको संरक्षण र सम्वद्र्धनमा आफ्नो पेशाकर्म मार्फत योगदान पु¥याए वापत अभिनेत्री मानन्धरलाई यो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको कार्य समिति बैठकको ठहर छ ।
यस्तै वि.सं. २०७२ सालको पुरस्कार चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय र डिजाइनर श्री सुन्दर श्रेष्ठलाई प्रदान गरिने भएको छ । चलचित्र पत्रकारिता एवं डि.सिने. अवार्ड मार्फत चलचित्र क्षेत्र र पेशााकर्मीको समुचित विकाश र प्रोत्साहनका लागि योगदान पु¥याए वापत शान्तिप्रियलाई हरितारा पुरस्कार प्रदान गर्न लागिएको हो भने वि.सं २०४३ सालमा चलचित्र ‘सन्तान’ को नेपालमा प्रथम पटक प्रचार सामग्री डिजाइन तयार गरी हालसम्म एक हजार बढी फिल्मको प्रचार सामग्री तयार गरी चलचित्रको श्रीवृद्धीमा योगदान पु¥याए वापत सुन्दर श्रेष्ठलाई यो पुरस्कार प्रदान गर्न लागिएको कार्य समितिको ठहर छ ।
पुरस्कारको राशी जनही २५ हजार रुपैयाँको रहेको छ । वि.सं. २०५२ सालमा समाजसेवी विजया राणाले स्थापना गरेको हरितारा चलचित्र पुरस्कारको संरक्षक समाजसेवी स्व. विजया राणाका पुत्र मनोज सम्सेर जवरा छन् ।
For More videos Log on to Mazzako TV