दुष्टिविहिनको सहयोगार्थ बहराईनमा हुदैंछ यस्तो कार्यक्रम
अन्तर्राष्ट्रिय कलाकार मन्च बहराइनले तिहार भब्य कार्यक्रम गर्ने भएको छ । नुवाकोटको तुप्चे २ अक्करेमा रहेका २६ जना भुकम्प पीडित दृस्टिबिहिन बालबालिका हरुको आवास पुन निर्माण सहयोगार्थ कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

बिशुद्व सामिजक उदेश्यका साथ गर्न लागिएको कार्यक्रममा नेपालबाट गायिकाहरु जुना प्रसाई र जशोदा सुब्बाको उपस्थिती रहनेछ । अन्य स्थानिय प्रतिभाहरुले पनि आफ्नो प्रस्तुती दिनेछन् । देउसी भैली सहितको शुभकामना आदान प्रदान कार्यक्रममा बहराईनमा रहेका सबै नेपालीलाई उपस्थितीका लागि अयोजकले अनुरोध पनि गरेको छ ।
नोभेम्बर ४ तारिकका दिन डेल्मोन इन्टरनेसनल होटल मानमा बहराईनमा दिउसोको ३ बजेदेखि कार्यक्रम हुने बताईएको छ ।
For More videos Log on to Mazzako TV








