यसअघि ‘नागबेली’ फिल्म निर्देशन गरेका वरिष्ठ नृत्य निर्देशक गोविन्द राईले ‘दल कोमल’ नामक फिल्म निर्देशन गर्ने भएका छन् । ओम् मणी पद्यमे हुँ इन्टरनेश्नल फिल्मस् प्रा.लिको प्रस्तुती रहने यस फिल्ममा लगानी पनि निर्देशक राईकै रहनेछ ।

govinda-rai

‘दल कोमल’ भनेको हिलोमा फुल्ने कमलको फूल हो । जुन फूल भगवान गौतम बुद्धलाई असाध्यै मन पर्दथ्यो । लभ स्टोरी फिल्मका मुख्य कलाकार भने तय हुँदै गरेको निर्देशक तथा निर्माता राईले बताए । साँज सिंहको संगीत रहने फिल्ममा नृत्य निर्देशन गोविन्द राईले नै गर्नेछन् । राज खड्काको लेखन रहेको फिल्मको मंसिरको तेश्रो सातादेखि सुटिङ सुरु हुनेछ ।

For More videos Log on to Mazzako TV