नायिका तथा निर्मात्री रेखा थापाले होम प्रोडक्सन रेखा फिल्मसबाट नयाँ फिल्म निर्माणको घोषणा गरेकी छिन् । रेखाले आफ्नो ड्रिम् प्रोजेक्टको नाम ‘कसले चोर्यो मेरो मन फेरी’ जुराएकी छिन, जुन फिल्मलाई सविर श्रेष्ठले निर्देशन गर्नेछन् । आगामी दशैंमा रिलिज गर्ने लक्ष्य राखिएको ‘कसले चोर्यो मेरो मन फेरी’ को छायाँकन माघदेखि सुरु हुनेछ ।

rekha-thapa

सविर श्रेष्ठको डेव्यु निर्देशनमा सात वर्ष पहिले सुपरहिट भएको फिल्म ‘कसले चोर्यो मेरो मन’ मा ‘फेरी’ थपेर रेखाले नयाँ फिल्म निर्माणको तयारी थालेकी हुन् । ‘कसले चोर्यो मेरो मन’ मा नायक आर्यन सिग्देल रेखाको अपोजिटमा थिए । अब ‘कसले चोर्यो मेरो मन फेरी’ मा चाहिं को हुन्छ त अपोजिटमा ? ‘पक्का भैसकेको छैन । हामी प्रतिभावान नायकको खोजीमा छौं’ रेखाले भनिन्, ‘नायक नव या चलन चल्तीकै हुन सक्छन् तर स्क्रिप्टमा फिट हुनुपर्दछ ।’

यस्तै रेखाले ‘कसले चोर्यो मेरो फेरी’ प्राविधिक रुपमा पनि उत्कृष्ट हुने बताइन् । ‘दर्शकको मन चोर्ने फिल्म बनाउँछु’ ‘कसले चोर्यो मेरो मन’ की राजकुमारीले आफ्नो भूमिका बारे भनिन्, ‘यो चाहिं दर्शकको लागि सरप्राइज !’

For More videos Log on to Mazzako TV