अञ्जु र सुगमले गाए ‘म यस्तो गीत गाउँछु’
अञ्जु पन्त र सुगम पोखरेलले गाएको फिल्म ‘प्रेम गीत’ को शिर्ष गीत ‘म यस्तो गीत गाउँछु’ लाई सर्वाधिक रुचाइयो । गत वर्ष प्रदर्शनमा आएको यही फिल्मको गीतबाट संगीतकार अर्जुन पोखरेल र गायिका अञ्जु पन्तले अवार्ड समारोहरुमा आफ्नो कब्जा जमाइरहेका छन् ।

यही सुपरहिट साँगीतिक समुहले सुदर्शन थापाको निर्माण तथा निर्देशन रहने फिल्म ‘म यस्तो गीत गाउँछु’ को शिर्ष गीतमा संगीत तथा स्वर दिएका छन् । संगीतकार पोखरेलकै शब्द रहेको ‘म यस्तो गीत गाउँछु’ को यसै साता मात्रै रेकर्डिङ गरिएको छ । ‘हामीले मिहेनत गरेका छौं । पक्कै पनि दर्शक तथा श्रोताले रुचाउनु हुन्छ’ संगीतकार पोखरेलले भने, ‘अञ्जु पन्त र सुगम पोखरेलका शुभ चिन्तकका लागि पनि ‘म यस्तो गीत’ गाउँछु नयाँ उपहार हो ।’ फिल्ममा तीन गीतहरु रहनेछन् । जसमध्ये एउटा गीतमा अर्जुन आफैंले स्वर दिएका छन् भने शब्द किशोर घिमिरेको छ ।

साँगीतिक प्रेम कथाको फिल्म ‘म यस्तो गीत गाउँछु’ मा नायक पल शाह र नायिका पूजा शर्मा मुख्य भूमिकामा प्रस्तुत हुँदैछन् । प्रि प्रोडक्सनमा रहेको फिल्मको छायाँकन तिहारपछि हुनेछ ।
For More videos Log on to Mazzako TV







