फिल्म ‘परदेशिको उमङ्ग’ को अस्ट्रेलियास्थित सिड्नी शहरमा पहिलो प्रदर्शन भएको छ । यही कत्तिक १२ गतेबाट देशभर प्रदर्शनमा आउने यो फिल्म हेरिसकेपछि दर्शकहरू भकानिंदै वाहिरिएका थिए । फिल्म अत्यन्त्य राम्रो भएको र फिल्म बनाउने हो भने यस्तो पो बनाउने भन्दै सबैले संचारकर्मिहरूलाई प्रतिकृया दिएका थिए ।

pardeshi-ko-umanga-still

असनेपालन्युजको प्रायोजनमा प्रस्तुत गरिएको फिल्म ‘परदेशिको उमङ्ग’ हेर्न आउनेहरूले अस्ट्रेलियामा मात्रा नभएर विश्व भरिका नेपालीहरूको यसले मन छुने बताए । नेपाली दर्शकहरूको बाक्लो र उपस्थिती रहेको सो चालचित्र हेर्दा एक ‘एयर क्याप ‘निशुल्क पाए पछि सबै अत्यन्त खुसि देखिएको दर्शक शम्भु पोख्रेलले बताए । न्यु साउथ वेल्सका महावाणिज्य दुत दिपक खड्काले यस प्रकारका फिल्मलाई प्रत्येक शहरमा पुर्याएर जनचेतना जगाउनु पर्ने बताए । एन आर एन ग्लोवल प्रवक्त्ता रन्जु वाग्लेले सबै धर्म र जात जाति भन्दा माथि उठेर बनाईएको ‘परदेशिको उमङ्ग’ सबै मुलुकमा प्रदर्शन हुनु पर्ने बताए । यस्तै नईफाका अध्यक्ष्य सागर अधिकारि , सकारात्मक सोचका अभियान्ता भीमसेन सापकोटा , पेन्सस कम्युनिटीका तर्फबाट शम्भु पोख्रेलले चलचित्र निर्माता निर्देशक तथा कलाकारहरूलाई बधाई दिनु भएको थियो ।

शिव शर्माको निर्देशन रहेको फिल्ममा नायिका विनीता बराल, कुमार बिसीको मुख्य भूमिका रहेको छ भने संगीत अर्जुन पोखरेल र बि.बि अनुरागिले दिएका छन् ।

For More videos Log on to Mazzako TV