ashirman-anmol-daya-saugat

सेलिव्रेटीको सामाजिक सञ्जालमा विभिन्न तस्बिर जोडेर र जोक्स बनाएर उनीहरुलाई उडाउने प्रचलन बढ्दै गइरहेको छ । पछिल्लो समय यस्को निशाना ‘चपली हाईट २’ बाट नायकको रुपमा उदाएका आयुष्मान देषराज माथि परिरहेको छ । आफुलाई आमाले बनाएको भनेर सामाजिक सञ्जालमा मजाकको पात्र बनाइएपछि आशिरमान आफ्नो फेसबुकमा स्टाटस लेख्न बाध्य भएका छन् । आफुलाई मजाकको पात्र बनाउनेहरुप्रति आयुष्मानले लेखेको स्टाटस यस्तो छ :

‘अहिले सम्म मैले जेजे गरेकोछु आफ्नै खुट्टामा उभिन सकुँ भनेर गरेको हो । आफुले गरेका कामले नै आफुलाई चिनाउन सकुँ भन्ने उदेश्य बोकेर आएको छु । तर पनि, आफ्नै आमा बुवाले त्येही उदेश्य हासिल गर्न सकोस् भनेर सहयोग गर्दैमा के चाही गलत रहेछ मैले चाही बुझ्न सकिन ?
यही तालले जिस्काएर को चाही कसले गर्दा बनेको हो भनेर होच्याउने, एकलाई अर्कोसंग तुलना गर्ने नै हो भने, कसैले केहि नगरे भैहाल्यो नि ।

मलाई रिस छैन तर म निराश छु, जुन हिसाबले एस प्रजननका मान्छेहरुको सोचाई छ, जुन तरिकाले सबैका खुट्टा तान्न र अरुलाई निच देखाउन सिपालु छन् । यो सब्बै देखेरे मलाई आफ्नै दाजु बहिनी, भाई दिदी हो भन्न पनि सारै खिन्न लाग्छ ।
फेरी पनि, प्रगति देख्न नै चाहनु भएकाहरुले के चाही बुझ्नु पर्यो भने, तुलना गरेर, जिस्काएर, अरुको आत्मविश्वास नै टुक्राउन खोजेर आउने हैन, बरु काम अनुसारको सहि गलत देखाएर, बुझाएर र अगाडी बढ्न हौसला देखाएर आउने हो ।
नेपाल किन चाही अरु देशहरु भन्दा पिछाडी परेको छ भनेर सोच्नु हुन्छ नि, प्रायः नेपालीको सोचाई नै पिछाडी परेको हुनाले हो । सोचाई बदलिने चाही कहिले ?’

For More videos Log on to Mazzako TV