नेपालमा आएकी छिन् जल शाह, तर छिन कता ?
अभिनेत्री जल शाह नेपाल आएकी छिन् । पारिवारिक भेटघाट र घुमघामका लागि एक समयकी यी चर्चित अभिनेत्री दशैं अगाडी अमेरिकाबाट नेपाल ‘ल्यान्ड’ भएकी हुन् ।
‘अझै केही दिन नेपाल बस्छु होला’ बम्बईबाट दशैं मनाएर फर्किएकी अभिनेत्री शाहले मज्जाको अनलाइन डटकमसँग भनिन्, ‘म नितान्त पारिवारिक भेटघाटको लागि मात्रै आएको हुँ । त्यस्तो खास योजना केही पनि छैन ।’ आमा र छोरीको साथ नेपाल आएकी जलले नेपालको बसाई साह्रै मज्जाको भैरहेको बताइन् ।
उसो त जल गत साल पनि छोटो बसार्इंंको लागि नेपाल आएकी थिइन् । ‘तर लामो समयपछि यसरी आफन्तसँग घुम्ने गरी नेपाल आएको हुँ’ उनले छोटकरीमा भनिन् । बिवाहपछि जल अमेरिकामा बस्दै आइरहेकी छिन् ।
For More videos Log on to Mazzako TV