कात्तिक १२ गतेदेखि अल नेपाल रिलिज हुने चलचित्र ‘राधा’को फस्टलुक पोस्टर रिलिज गरिएको छ । चलचत्रि युनिटले दमकमा एक कार्यक्रमबीच सिनेमाको पोष्टर रिलिज गरेको हो । कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले चलचित्रको पोष्टर सार्वजनिक गरे।

dsc

सिनेमामा विशेषत: पुर्वका रमणीय दृश्यहरुलाई प्रस्तुत गरिएको कारणले गर्दा पनि सिनेमाको पोष्टर दमक आएरै सार्वजनिक गरिएको निर्देशक योगेश घिमिरेले जानकारी गराएका छन् । यसपाली चलचित्रको स्क्रिप्टमा पनि निकै वर्कआउट गरिएको लेखक प्रदिप भारद्वाजले जानकारी गराए ।

radha-poster-1

कार्यक्रममा दमक उद्योग वाणिज्य सघंकाका बरिष्ट उपाध्यक्ष विमल खतिबडा र प्रथम उपाध्यक्ष गोपाल गुरागाई, लाइन्स क्लब दमकका गोपाल अग्रवाल लगायत लगायत संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

radha-poster-2

जीवन लुईटेल र संचिता लुईटेलको मुख्य भुमिका रहेको सिनेमा ‘राधा’लाई निकै प्रतिक्षित चलचित्रको रुपमा लिईएको छ । जीवन र संचिता दुबैले ‘राधा’बाट निकै ठुलो आशा राखेका छन् । शुसिल कार्की र बिष्णुमणि दहालले निर्माण गरेको यो सिनेमामा दमक, विर्तामोड, फिक्कल, श्रीअन्तु, मिरिक, दार्जेलिङ्मा लगायतका ठाँउहरुका मनोरमा दृश्यहरु देख्न पाईनेछ ।

radha-poster

Watch Video Here:-

For More videos Log on to Mazzako TV