‘छक्का पञ्जा’ बम्परहिट भएपछि दिपा र दिपकले लगाए यसरी टिका
बडा दशैंको अन्तिम कोजाग्रत पूर्णिमाको दिन ‘छक्का पञ्जा’ निर्देशक दिपाश्री निरौला र अभिनेता दिपकराज गिरीले एक अर्कामा टिका र जमरा लगाएका छन् । दशैं मनाउन विराटनगर घर गएकी दिपा शुक्रबार मात्रै राजधानी आएपछि उनीहरुले पूर्णिमाको दिन एकसाथ टिका लगाएका हुन् ।
दिपाका कर्म पिता तथा कलाकार भिम बहादुर थापाको मैतिदेवी निवासमा दिपा र दिपकले रमाईलो तवरले टिका लगाएका हुन् । ‘अझै राम्रो फिल्म निर्देशन गर्नु’ भनि दिपकले आशिष दिंदा दिपाले ‘अझै राम्रो स्क्रिप्ट लेख्नु’ भनी आशिष दिएकी थिइन् । दिपकराज गिरीको स्क्रिप्टमा दिपाश्रीले पहिलो पटक निर्देशन गरेको फिल्म ‘छक्का पञ्जा’ छैटौं सातामा उत्साहका साथ प्रदर्शन भैरहेको छ । देशभरबाट यो फिल्मले हालसम्म १२ करोड माथिको ग्रस व्यापार गरेको छ जुन व्यापार नेपाली फिल्म इतिहासमा सर्वाधिक हो ।
ऐतिहासिक व्यापार गर्न सफल फिल्ममा दिपकराज सहित प्रियंका कार्की, शिवहरी पौडेल, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, नम्रता सापकोटा, बर्षा सिवाकोटी लगायतको अभिनय रहेको छ । यस्तै ‘छक्का पञ्जा’ ले उत्साहपुर्वक रुपमा प्रदर्शनको ५१ दिन पूरा गर्ने पक्कापक्की भएको छ । भदौ २४ देखि प्रदर्शनमा आएको फिल्मले लक्ष्मी पूजाको दिन प्रदर्शनको ५१ दिन पूरा गर्नेछ ।
For More videos Log on to Mazzako TV