महानायक राजेश हमालले आफ्नो बिवाह र आफ्नो बच्चाको बिषयमा नयाँ खुलासा गरेका छन् । कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने दिलभूषण पाठकसँगको ‘टफ् टक्’ मा महानायक हमालले बिवाह र बच्चाको विषयमा नयाँ खुलासा गरेका हुन् ।

rajesh-hamal-still-docx

बिवाहपुर्व आफुमा आएको सोच बारे महानायक हमाल भन्छन्, ‘लामो समय बिवाह नगरिसकेपछि जीवनको एउटा घडीमा बिवाह गर्नु आवश्यक छैन भन्ने मनस्थितिमा म नपुगेको होइन । व्यावहारिक जीवन, घर गृहस्थीमा नलागेर आफ्नै प्रकारको जीवन बिताउँछु भन्ने कुरा ममा सायद पहिले नै पलाएको थियो । तर पछि गएर बिवाहको चाहना एकदमै मौलाउन थाल्यो । तर जीवन आफ्नो योजना अनुसार जीवन जाँदैन रैछ् । कहिले कहिले नसोचेको कुरा पनि जीवनमा पर्न आउँदो रैछ् । मेरो बिवाह पनि यस्तै भयो ।’

Rajesh hamal

उनी थप्छन्, ‘मेरो विवाह मेरो व्यक्तिगत योजनामा भएको थिएन । उमेर पुग्यो बिवाह गरौं भन्ने चिन्ता पनि थिएन ।’ यस्तो सोच पलाएको व्यक्तिको बैवाहिक सम्बन्ध चाहिं कस्तो चलिरहेको छ त ? ‘बैवाहिक सम्बन्ध असाध्यै राम्रो गइरहेको छ । मधु मेरो लागि आइडल पार्टनर हो ।’  अनि बच्चाको विषयमा के सोच बनाउनु भएको छ ? ‘मधु र मैंले परिवारको विषयमा गम्भिरतापुर्वक लिएका छैनौं । बच्चाको विषयमा सोच्दैछौं ।’ प्रेमिका मधु भट्टराईसँग महानायक हमालले गएको तीन वर्ष अगाडी बिवाह गरेका थिए । राजेश भन्दा मधु २३ वर्षले कान्छी छिन् ।

For More videos Log on to Mazzako TV