केही सेलिव्रेटीले राजधानीमा त धेरै सेलिव्रेटीले राजधानी भन्दा बाहिर गएर यस वर्षको दशैं मानेका छन् । यस्तैमा नायिका पूजा शर्माले पनि ललितपुरस्थित कुसुन्ती घरमा दशैं मानेकी छिन् । नयाँ फिल्म ‘म यस्तो गीत गाउँछु’ को प्रि-प्रोडक्सनमा रहेकी पूजाको दशैं कस्तो भयो त ? हामीले उनकै शब्द तथा शैलीमा वर्ष ०७३ को दशैंलाई यहाँ प्रस्तुत गरेका छौं ।

pooja

तिहार र होलिपछि मलाई मन पर्ने पर्व दशैं हो । आफन्तसँग भेटघाट र ठुलावडाको आशिर्वाद नै दशैंको सबैभन्दा सुन्दर पक्ष हो । यसपालीको मेरो दशैं अलि विशेष भयो । किनभने नयाँ घरमा हाम्रो पहिलो दशैं हो । ललितपुरको कुसुन्ती घरमा हामी ६ महिना अगाडी मात्रै सरेका हौं । नयाँ घर अनि एक्लो छोरी ! दशैंमा कामको त कुरै नगरौं । दशैंभरी मम्मीलाई सघाएँ । मसला पिँध्ने अनि खसीको मासु पकाउने काम मेरै भागको हो । नवमीको दिनमा ‘म यस्तो गीत गाउँछु’ टिमसँग बसेर घरमा खसीको मासु खाँदै रमाईलो गरियो । यसपाली घरमा २० किलोका खसी काटेका थियौं ।

puja-sharma-with-her-mother

टिकाको दिन मम्मीको हातबाट टिका लगाएँ । मम्मीले यसपाली दक्षिणा पोहोर साल भन्दा अलि बढी नै दिनुभयो । मम्मीले दिएको र चौतारा घरको गरेर दश हजार जति दक्षिणा भएको छ । चौतारा घरमा हजुरबा, हजुर आमा र बुवा हुनुहुन्छ । मम्मी र म चौताराबाट टिका थापेर काठमाण्डौं फर्किसक्यौं । अब दशैं सकिंदैछ । फिल्मको काममा फर्किनु पर्छ । तिहारपछि फिल्मको सुटिङ सुरु गर्ने योजना बनाएका छौं । स्क्रिप्टको काम सकेर अहिले गीत संगीत र ड्रेसको काम हुँदैछ । ‘म यस्तो गीत गाउँछु’ अघिल्ला फिल्महरु भन्दा पनि सफल हुने विश्वास छ । किनभने यस पालीको टिम निकै नै मिहेनती छ ।’

सुदर्शन थापाको निर्देशन तथा निर्माण रहने फिल्म ‘म यस्तो गीत गाउँछु’ मा पूजासँग नायक पल शाह मुख्य जोडीको रुपमा प्रस्तुत हुँदैछन् ।

For More videos Log on to Mazzako TV