नायिका श्वेता खड्काले दुई बर्ष पश्चात् दशैंको टिका लगाएकी छिन् । बनस्थपलीस्थित आफ्नै निवासमा श्वेताले टिकाको पर्सी पल्ट एकादशीको दिन त्रियानब्बे बर्षका पिताको हातबाट दशैंको रातो टिका र जमरा लगाएकी हुन् ।

shetwa-khadka-dashin-073

‘हिम्मत नहार्नु, अगाडी बढ्नु, कोहीसँग पनि नझुक्नु’ श्वेतालाई पिताले यस्तो आशिष दिए । पहिलो एक बर्ष श्रीमान श्रीकृष्ण श्रेष्ठ र दोश्रो बर्ष सासुको निधनका कारण श्वेताको माइतीमा पनि दशैं मानिएको थिएन । दुई बर्षपछि दशैं मान्न पाउँदा श्वेताकी आमाले हर्षका आँसु खसालिन् । ‘दुई वर्षको दशैं त रोएरै गयो’ श्वेताकी आमाले आँसु पुछ्दै भनिन्, ‘यो बर्ष रमाईलो भयो । खुसी छौं ।’ स्व.पती श्रीकृष्ण श्रेष्ठको घरमा भने आफु टिकाकै दिनमा गएको श्वेताले बताइन् ।

shetwa-with-her-father-mother

धापासी निवासमा सिमित सञ्चारकर्मीलाई टिका लगाउने निम्ता दिएकी श्वेताले आफु फिल्म निर्माणमा पनि फर्किने बताइन् । ‘मलाई घर परिवार र दर्शकले नै अब फर्कनु पर्छ भन्नु भैरहेको छ । सबैको मायाको लागि पनि फिल्म बनाउँछु’ रातो लेहेंगामा सजिएकी श्वेताले भनिन् । तस्बिर : उत्सब रसाईली

shetwa-khadka-selfie

shetwa-rojina-teluja

shetwa-khadka

shetwa-khadka1

Watch Video Here :-

For More videos Log on to Mazzako TV