‘छक्का पञ्जा’ निर्देशक दिपाश्री निरौलाले गत बर्षहरुमा झैं यस वर्षको दशैं पनि विराटनगर घरमा मनाइन् । तर यसपाली गृहनगरको दशैं उनका लागि विशेष रहन गयो । कसरी त ? दिपाश्रीले मज्जाको अनलाइन डटकमसँग आफ्नो दशैं अनुभव साटेकी छिन् ।

deepashrees-dashin

‘भाइको बिहे परेकाले यसपाली फूलपाती अगाडी नै विराटनगर गएको थिएँ । दशैं, अनि भाईको बिहे, रमाईलो नहुने कुरै भएन ! तर यसपालीको दशैं मेरो लागि खास हुन गयो । जहाँ गएपनि हाई हाई । सबैले माया गर्नु भएको छ । पहिलो पटक मलाई गृह नगरमा सम्मान पनि गरियो । यो सम्मानले मलाई धेरै खुसी दियो ।

पोहोर साल त टिका थाप्दा छिट्टै ज्वाई लिएर आओस भन्ने आशिर्वाद पाउँथे । यसपाली त यो हाईहाई जहिल्यै कायम रहोस् भन्ने आशिर्वाद पाएँ । पच्चीस वर्षपछि ‘छक्का पञ्जा’ ले यो खुसी दिएको छ । दिदी भिनाजुले त ओस्कर अवार्ड पाओस् भनेर पनि आशिष दिनु भयो । यस प्रकारको माया र आशिषले मलाई थप राम्रो काम गर्ने हौसला मिलेको छ ।’

For More videos Log on to Mazzako TV