नायिका, निर्देशक तथा निर्मात्री रेखा थापाले यस वर्षको बडा दशैं गृह जिल्ला मोरङमा मनाइन् । महानवमीको दिन गृह नगर उडेकी रेखाले आमा सरस्वती थापाबाट मन्त्री बनेर जनताको सेवा गर्ने आशिर्वाद पाइन् ।

rekha-thapa-her-mother-dashin-073

आफ्ना पाँच जना सन्तानसँगै दशैं मनाउन पाउँदा दंग भएकी आमा थापाले देशकी चर्चित नायिका तथा आफ्ना कान्छी छोरीलाई दशैंको टिकामा दिएको आशिर्वाद बारे भनिन्, ‘मनोरञ्जन क्षेत्रबाट उसले जुन उचाई पाई, अब यो उचाई राजनीतिक क्षेत्रमा पनि पाओस् भन्ने मैंले आशिर्वाद दिएँ ।’ उनले थपिन्, ‘देशको मन्त्री बनेर जनताको सेवा गरोस् भन्ने मेरो आशिर्वाद छ ।’ अनि बिहे चाँडै होस् भन्ने आशिर्वाद चाहिं दिनु भएन त ?

rekha-thapa-with-her-sisters-and-brothers

उनले भनिन्, ‘पहिला मन्त्री बनोस् अनि बिहेको आशिर्वाद दिउँला । अझै केही बर्ष बिहे गर्न हतार छैन ।’ फिल्म र सामाजिक सेवा गर्दै सक्रिय राजनीति गर्ने लक्ष्य राखेकी हिम्मतवाली रेखाले पनि आमाको आशिर्वाद लाग्नेमा विश्वास व्यक्त गरिन् । ‘आमाको आशिर्वाद त छँदै छ, जनताको सेवा गर्न म आफैं पनि लागि पर्नेछु’ रेखाले भनिन् ।

For More videos Log on to Mazzako TV