कार्तिक ३ …A Big Day : ‘रबिन एण्ड न्यु रेभलुसन’सँगै झुम्नेछ झापा
बडा दशै तथा शुभ दिपावलीको अवसरमा झापाको झिलझिलेमा यही कार्तिक ३ गते बृहत सांगितीक कार्यक्रम हुने भएको छ । देश तथा विदेशमा निकै ख्याती कमाएको ब्याण्ड ‘रबिन एण्ड द न्यु रेभलुसन’ कार्यक्रमको मुख्य आर्कषण हुनेछ । प्रत्येक बर्ष दशै तिहारको बेला कार्यक्रम हुदै आएको झिलझिलेमा यसपाली ‘रबिन एण्ड द न्यु रेभलुसन’सँगै गायकहरु रेवत राई, बादल लिम्बु, इसाक राईको तथा स्थानिय चर्चित ब्याण्डहरु ‘प्रलय’ र ‘ग्राभिटी’को बेजोड प्रस्तुती हुनेछ ।
साँझ ४ बजेबाट स्थानिय झिलझिले माविको प्राङणमा हुने कार्यक्रमको भब्य तयारी भईरहेको कार्यक्रमा संयोजक सुरज रिंगालुङ्ग राईले जानकारी गराएका छन् । स्थानिय सामाजिक क्षेत्रको रचनात्मक काममा सहयोग जुटाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।
For More videos Log on to Mazzako TV