कात्तिक २६ मा आउने गरी ‘जात्रा’ ट्रेलर रिलिज
आउँदो कात्तिक २६ गतेदेखि अल नेपाल प्रदर्शनमा आउने गरी फिल्म ‘जात्रा’ को ट्रेलर सार्वजनिक गरिएको छ । प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्मको झण्डै तीन मिनेट लामो ट्रेलरमा फिल्मका मुख्य पात्रहरु विपिन कार्की, रविन्द्रसिंह बाँनिया, रविन्द्र झा, बर्षा राउत र प्रेक्षा बज्रचार्य लगायत कलाकारहरुलाई देख्न सकिन्छ । रविन्द्रसिंह बाँनियाको प्रस्तुतीमा बनेको फिल्म ‘जात्रा’ को ट्रेलर रमाइलो छ । ट्रेलर हेर्नुस् :
षटकोण आर्टस् प्रोडक्सनको प्रस्तुतीमा बनेको फिल्म ‘जात्रा’ काठमाण्डौको असन गल्लीमा व्यापार गर्ने तीन व्यापारीको कथा हो । फिल्म निर्माणमा निर्माता तथा कलाकार बाँनियासँग सिंगे लामा र यादव पौडेलले सहकार्य गरेका छन् । सुरुका कात्तिक १९ लाई प्रदर्शन मिति तोकिएको ‘जात्रा’ ट्रेलर रिलिजसँगै कात्तिक २६ देखि प्रदर्शनमा आउनेछ ।
For More videos Log on to Mazzako TV