पाँचौं सातामा ‘छक्का पञ्जा’ : के होला ‘किस्मत २’ र ‘सुब्बा साब’ को रिजल्ट ?
नेपालीहरुको महान पर्व दशैंको अवसर पारेर दुई नयाँ नेपाली फिल्महरु प्रदर्शनमा आएका छन् । फिल्म ‘छक्का पञ्जा’ ले प्रदर्शनको पाँचौ साता तय गर्दा फिल्महरु ‘किस्मत २’ र ‘सुब्बा साब’ ले शुक्रबार, असोज २१ गतेदेखि अल नेपालबाट पहिलो प्रदर्शन यात्रा सुरु गरेका छन् ।
छविराज ओझाले नै करिब ७ साल पहिले निर्माण गरेको फिल्म ‘किस्मत’ को सिक्वेल हो ‘किस्मत २’ । तर सिक्वेलमा निर्माता ओझा बाहेक सबै नयाँ छन् । ऋषि लामिछानेले निर्देशन गरेको फिल्म ‘किस्मत २’ मा नायिका शिल्पा पोखरेल, किशोर खतिवडा र पृथ्वीराज शर्मा मुख्य भूमिकामा रहेका छन् । ‘किस्मत २’ लभ स्टोरी फिल्म हो । उज्वल घिमिरेको निर्देशनमा रेखा थापा, विराज भट्ट र आर्यन सिग्देल मुख्य भूमिकामा रहेको ‘किस्मत’ उतिबेला सुपरहिट भएको थियो । ‘किस्मत २’ ट्रेलर हेर्नुस् :
यता सरोज खनाल र गौरी मल्ल मुख्य भूमिकामा प्रस्तुत भएको फिल्म ‘सुब्बा साब’ पनि अल नेपाल प्रदर्शनमा आएको छ । राजु अधिकारी निर्देशित ‘सुब्बा साब’ पारिवारिक फिल्म हो । नायक जीवन लुईंटेल अतिथि भूमिकामा प्रस्तुत भएको ‘सुब्बा साब’ मा बर्षा सिवाकोटी, दिपक ढकाल, महिमा सिलवाल लगायत कलाकारहरुको अभिनय रहेको छ । ‘सुब्बा साब’ ट्रेलर हेर्नुस् :
दशैंमा प्रदर्शन भएका यी दुई नयाँ फिल्महरुले दर्शकको कस्तो साथ पाउलान् त ? कतै पाँचौं हप्तामा पनि ‘छक्का पञ्जा’ ले राज गर्ने त होइन ? प्रतिक्षा गरौं ।
For More videos Log on to Mazzako TV