राजेशको ‘म त मान्दिन’ मा विशाल र गौराको रोमान्स (भिडियो)
गायक राजेश पायल राई उर्फ ‘राई इज किङ’ को स्वरमा रहेको ‘मत मान्दिन’ बोलको गीत सार्वजनिक भएको छ । ‘दर्शन नमस्ते–२’ एल्बममा समावेश ‘मत मान्दिन’ बोलको गीतमा पदम किरातीको शब्द, विनोद खम्बुको संगीत तथा उदय राज पौडेलको एरेञ्ज रहेको छ ।’ भिडियो यस्तो छ :
पुर्व भेडेटार र ईटहरीको मनोरम दृश्यहरुमा छायाँकन गरिएको गीतमा रंग पत्रकारिताबाट म्युजिक भिडियो मोड्लिङमा लागेका विशाल राई र नयाँ मोडल गौरा राईको रोमान्सलाई देख्न सकिन्छ । विशाल र गौराको जोडीलाई म्युजिक भिडियोमा उतार्ने काम भने निर्देशक मदन दुम्स्ले गरेका छन् । श्रीकुमार साम्पाङको सिनेमाटोग्राफि रहेको म्युजिक भिडियोमा टेकेन्द्र शाहको सम्पादन तथा रेश्मा राईको कोरियोग्राफी रहेको छ ।
For More videos Log on to Mazzako TV