‘राई इज किङ’ राजेशले ल्याए ‘दर्शन नमस्ते ३’
राई इज किङ उपनामले चिनिने गायक राजेश पायल राईले आफ्नो तेश्रो एल्मब ‘दर्शन नमस्ते ३’ ल्याएका छन् । पहिलो र दोश्रो एल्बमको सफलतापछि राजेशले दर्शन नमस्तेको तेश्रो श्रृङ्खला ल्याएका हुन् ।
सोमबार राजेशले आफ्ना आमा र बुवाबाट ‘दर्शक नमस्ते ३’ को अडियो एल्बम लोकार्पण गरे । सोही लोकार्पण समारोहमा विन्दावासिनी म्युजिक कम्पनीका सुवास रेग्मीले गायक राईलाई पन्ध्र लाखको चेक पनि हस्तान्रण गरे । विन्दवासिनी म्युजिक कम्पनीले राजेशको ‘दर्शन नमस्ते ३’ लाई उक्त मोटो रकममा डिजिटल अधिकार खरिद गरेको हो ।
‘दर्शन नमस्ते ३’ मा ९ गीत समावेश छन् । जहाँ महेश खड्काले शिर्ष गीतमा संगीत दिएका छन् भने अन्य गीतहरुमा हरी लम्साल, सन्तोष राज, विनोद खम्बु, राई नविन र इन्दिरा जोशीको संगीत भरेका छन् ।
For More videos Log on to Mazzako TV