सन् २००२ की मिस नेपाल माल्भिका सुब्बाले गत ६ महिना पहिले छोरालाई जन्म दिएकी थिइन् । भर्खरै छोराको पास्नी गरेकी यी मम्मी मिस नेपाल आफ्नो काममा भने फर्किइसकेकी छिन् । उसो त गर्भवती हुनु भन्दा केही साता अगाडीसम्म पनि माल्भिका आफ्नो कार्य व्यस्ततामै थिइन् ।

malvika-subba

शनिबार आयोजित १८ औं इमेज अवार्डमा एमसी गरेकी माल्भिका सबैको नजरमा पनि । आकर्षक गाउनमा सजिएकी माल्भिका फिट देखिएकी थिइन् । उनको कार्यक्रम प्रस्तुती शैली पनि सधा झैं आकर्षक थियो । गर्भवती हुँदा माल्भिका कति केजीसम्म पुगेकी थिइन्, अहिले कति केजी छिन् ?

malvika-subba2

‘८८ केजीसम्म पुगेको थिएँ’ माल्भिकाले भनिन् । अहिले कति केजी हुनुहुन्छ त ? ‘६६ केजीको छु ।’ बच्चा जन्माएको ६ महिनामै यति धेरै वजन (२२ केजी) घटाउन कसरी सम्भवत भयो ? माल्भिकाले मुस्कानका साथ भनिन्, ‘चाह्यो भने के असम्भव छ र ?’ तस्बिर :उत्सब रसाईली

malvika-subba4

For More videos Log on to Mazzako TV