jalo-audio-released

वन सर्टमा दुई फिल्म ओके गर्ने गरी विश्व रेकर्ड कायम गर्न लागि परेको फिल्म ‘जालो’ को लिरिकल अडियो भर्सन सार्वजनिक गरिएको छ । वरिष्ठ संगीतकार बासुदेव मुनालको संगीत तथा शब्द तथा संगीत रहेको यो रमाईलो गीतमा उनका छोरा मोहित मुनाल र सुनिता थेगिमको स्वर रहेको छ । अडियो सुन्नुस् :

‘बिर्खेलाई चिन्छस्’ निर्देशक अराज केशव गिरीको निर्देशनमा बन्न लागेको फिल्म ‘जालो’ को कात्तिक २५ देखि वर्कसपसँगै सुटिङ सुरु हुनेछ । फिल्ममा अनुपक्रिम शाही, रेमनदास श्रेष्ठ, आशिफ शाह, भानु प्रताप, मेनुका प्रधान, रबिन्द्र खड्का लगायत कलाकारहरुको अभिनय रहनेछ । ‘जालो’ र ‘जालो रिटन्र्स’ को पनि एकै पटक छायाँकन हुनेछ ।

For More videos Log on to Mazzako TV