यसअघि ‘छड्के’ फिल्म निर्देशन गरेका निगम श्रेष्ठले नयाँ फिल्म ‘लाल पुर्जा’ निर्देशन गर्ने भएका छन् । फिल्मलाई ‘छड्के’ कै निर्माता माधव वाग्ले र ‘झोले’ फिल्मका निर्माता टेकेन खड्काले सहकार्य गरी निर्माण गर्न लागेका हुन् । ‘लाल पुर्जा’ को शुक्रबार अभिनेता अभिनेताद्वाय सौगात मल्ल र कामेश्वर चौरासियाबिच मित लगाएर औपचारिक निर्माणको घोषणा गरियो ।

saugat-malla-kameswor-chaurasiya
करिब तीन वर्षपछि फिल्म निर्देशनमा फर्किएका निर्देशक श्रेष्ठले ‘लाल पुर्जा’ दुई मितबिच अंशबन्डामा पर्ने विवादसँग आधारित रहने बताए । उनले छोटकरीमा भने, ‘दुई मितेर गाउँको कथा हो ।’ फिल्मको छायाँकन लमजुङमा हुनेछ । फिल्मको कथा निर्देशक श्रेष्ठ र विक्रम सिंहको हो भने पटकथा सुजित बिंडारीले तयार गरेका हुन् । नरेन्द्र मैनालीले फिल्म खिच्नेछन् । कुमार नगरकोटी अतिथि लेखकको रुपमा रहेका छन् ।

lal-purja-team

फिल्म ‘लाल पुर्जा’ मा सौगात र कामेश्वर सहित कलाकारहरु विपिन कार्की, मेनुका प्रधान, कमलमणी नेपाल, अनिल पाण्डे, कुमार नगरकोटी र हरिहर शर्माको अभिनय रहनेछ । यसै फिल्म मार्फत मिरुना गुरुङ नायिकाको रुपमा रजतपटमा भित्रिदैंछिन् । अभिनयको कक्षा लिएकी मिरुनाले पात्रलाई न्याय गर्ने बताइन् । इनिसियल रेकर्ड कायम गरेको ‘छड्के’ टिमले निर्माण गरेको ‘लाल पुर्जा’ कस्तो बन्ला त ?

saugat-menuka-miruna

For More videos Log on to Mazzako TV