धुर्मुस र सुन्तलीको निर्देशनमा बन्यो ज्योती (भिडियो सहित)
हाँस्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को जोडीले निर्देशन गरेको बालमैत्री फिल्म ‘ज्योति’ सार्वजनिक गरिएको छ । धुर्मुसको जन्मदिनको अवसर पारेर यो छोटो फिल्मलाई युट्युवमा सार्वजनिक गरिएको हो ।
विभिन्न मन्त्रालयका सचिवहरुको उपस्थितिमा गएको मंगलबार फिल्मको विशेष शो गरिएको हो । नेपालको पहिलो बालमैत्री नगरपालिका नवलपरासीको सुनवलमा छायाँकन गरिएको ज्योतिले बालमैत्री स्थानीय स्वायत्त शासनको आवश्यकतामा जोड दिएको छ । बाल अधिकार र बालमैत्री समाजले देश विकासमा पुर्याउने सहयोगका विषयलाई समेटिएको ज्योतिलाई धुर्मुस र सुन्तलीले निर्देशन गरेका हुन् । फिल्म हेर्नुस् :
दीपक आचार्यको लेखनमा निर्माण भएको यस लघु फिल्ममा धुर्मुस सुन्तलीसँगै यमन श्रेष्ठ, जानुका पौडेल, संगम विष्ट, अविरल अधिकारी, विपना शर्मा लगायतको अभिनय छ । संङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको लागि युनिसेफको सहयोगमा निर्माण भएको ज्योतिलाई धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरेको हो ।
For More videos Log on to Mazzako TV