लोक तथा दोहोरी गीत प्रतिष्ठानमा विसी र पंगेनीको उम्मेरद्वारी
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको छैटौं अधिवेशनबाट नयाँ नेतृत्व चुनिदैंछ । यसका लागि विभिन्न एजेन्डा अघि सार्दै उम्मेरद्वाहरु चुनावी मैदानमा उत्रिएका छन् । जसमा सेलिव्रेटी अनुहारले पनि प्रतिष्ठानको चुनावमा आफ्नो उम्मेरद्वारी दिएका छन् । ‘ससुराली’ मा का गायक बद्री पंगेनीदेखि चर्चित मोडल तथा कोरियोग्राफर शंकर विसीले क्रमश अध्यक्ष र सचिव पदमा आफ्नो उम्मेरद्वारी दिएका छन् ।
अध्यक्षकै प्रतिस्पर्धामा टीकाराम चपाई र विष्णु खत्री पनि उभिएका छन् । यस्तै वरिष्ठ उपाध्यक्ष पदमा रमेश बिजी, ऋषिलाल श्रेष्ठ र विमलराज क्षेत्रीबिच प्रतिस्पर्धा हुँदैछ । प्रथम उपाध्यक्षमा पशुपति शर्मा, द्वितीय उपाध्यक्षमा रामजी खाँडको उम्मेदवारी देखिएको छ । महासचिवमा भने गायक शिरिष देवकोटा र गीतकार सुवास केसीको उम्मेदवारी परेको छ भने सचिवमा ९ जनाको उम्मेदवारी परेको छ । जसमा शंकर बिसी, खुमन अधिकारी, राजु गुरुङ, चोलेन्द्र पौडेल, हुम गैरे, कृष्ण रेउले, नविन पौडेल, टीका पुनको उम्मेदवारी देखिएको छ ।
यता सदस्य पदका लागि मुना थापा मगर, ईश्वरी भुसाल, राजन ठकुरी, विरही कार्की, गणेश गुरुङ, शिव हमाल, किरण अधिकारी, कृष्ण आँसु, पूर्णकला बिसी, जानकी तारमी मगर, अमृता लुंगेली, सावित्री जोशी लगायतको नाम आएको छ ।
For More videos Log on to Mazzako TV