दशैंमा नआउने भो निखिल उप्रेतीको ‘किङ्ग’
निखिल उप्रेती स्टारर फिल्म ‘किङ्ग’ दशैं रिलिजदेखि पर सरेको छ । पोस्ट प्रोडक्सनमै अझै केही समय लाग्ने भएपछि असोज २१ गतेको मितिबाट ‘किङ्ग’ युनिट पर सर्न बाध्य भएको हो । ‘अब हामी उचित मितिमा फिल्म रिलिज गर्नेछौं’ निर्माता जयन श्रेष्ठले भने, ‘प्राविधिक कारणले हामी तोकेको मितिमा आउन सकेनौं ।’
जयनको ‘किङ्ग’ पर सरेपछि छविराज ओझाको फिल्म ‘किस्मत २’ लाई दशैंमा चिठ्ठा परेको छ । अब छविराजको फिल्म असोज २१ गते एक्लै प्रदर्शन हुनेछ । सविर श्रेष्ठ निर्देशित फिल्म ‘किङ्ग’ मा निखिलसँगै वेनिशा हमाल र अनुपविक्रम शाहीको अभिनय रहेको छ । एक्सन लभ स्टोरी फिल्मको मेकिङमा निकै नै ध्यान पुर्याइएको छ ।
For More videos Log on to Mazzako TV