najir-namrata

प्रदर्शनको दुई दिन अगावै फिल्म ‘गाँठो’ को प्रिमियर गरिएको छ । बुधबार साँझ कमलपोखरीको जय नेपाल हलमा सुरज भूषाल निर्देशित यो फिल्मको प्रिमियर गरिएको हो । प्रिमियरमा फिल्मका मुख्य दुई पात्र नाजिर हुसेन र नम्रता श्रेष्ठ आकर्षकको केन्द्र बने ।

najir-namrata1

कालो कोट र पाइन्टमा ठाँटिएका नाजिर अनि सेता गाउनमा सजिएकी नम्रताको जोडी सुहाउँदो थियो । नाजिरले पहिलो पटक कोट र पाइन्ट लगाएका हुन् भने नम्रता पहिलो पटक आफु अभिनित फिल्मको प्रिमियरमा सहभागी भएकी हुन् । नाजिर र नम्रताको जोडीलाई प्रेम जोडी भनेर पनि चर्चा गरिन्छ तर उनीहरुले यो कुरालाई नकार्दै आएका छन् ।

gatho-team-at-premier-docx

सम्बन्धको कथा भन्ने फिल्ममा नाजिर र नम्रतासँगै कलाकार अभय बरालको पनि अभिनय रहेको छ । ‘गाँठो’ यही शुक्रबार अर्थात् भदौ ३१ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

For More videos Log on to Mazzako TV