जन्मदिनमा जान्नुस् नीता ढुंगानाका ७ रमाईला र रहस्मयी कुरा
नायिका नीता ढुंगानाको भदौ २९ गते जन्मदिन हो । फिल्म ‘लेक साइड’ युनिटले उनलाई लेक साइडमा राताको बाह्र बजे सप्राइज वर्थ डे काटिदिएको थियो । जीवन लुईंटेल र नीताको मुख्य जोडी रहेको यो फिल्मको आजै सुटिङ सकिएको छ । नीताको जन्मदिनको अवसर पारेर हामीले उनीसँग जोडिएका केही रमाईला र रहस्यमयी घटनाहरु यहाँ प्रस्तुत गरेका छौं :
१.नीताले आठ वर्षको उमेरदेखि नै फिल्मको अभिनय यात्रा सुरु गरेकी हुन् । अनिष कोइरालाले निर्देशन गरेको फिल्म ‘मितिनी’ मा नीताले रेखा थापाको बाल्यकालको भूमिका निभाएकी थिइन् ।
२.‘मितिनी’ खेल्नु अघि नीताले ‘चेतना’ नामक टेलिफिल्ममा बाल कलाकारको भूमिका निभाएकी थिइन् । पच्चीस भागसम्म देखिएकी उनले पारिश्रमिक रकम भने पाँच सय मात्रै पाएकी थिइन् ।
३.हिरोइनको रुपमा भने नीता फिल्म ‘चाँडै आऊ’ मार्फत डेव्यु भएकी हुन् जतिबेला उनी १६ वर्षको मात्रै थिइन् । पहिलो फिल्ममै उनले ७५ हजार पारिश्रमीक रकम पाएकी थिइन् ।
४.नीर शाह निर्देशित फिल्म ‘मसान’ मार्फत नीताले राष्ट्रिय पुरस्कार समेत पाएकी छिन् । फिल्ममा उनी सहित केकी अधिकारी र राजवल्लभ कोइरालाको मुख्य भूमिका थियो ।
५.चार दिदी बहिनीमध्येकी सबैभन्दा कान्छी नीताले अल्पायुमै आफ्नी आमालाई गुमाइन् । चार वर्ष अगाडी आफ्नी आमाको निधन हुँदा उनी हेटौंडामै फिल्मको सुटिङमा थिइन् ।
६.नीताले काठमाण्डौंमा अपार्टमेन्ट किनेकी छिन् जहाँ उनी भाई र बुवा बस्ने गर्दछिन् ।
७.फिल्म ‘फूलै फूलका मौसम तिमीलाई’ का नायक आमेश भण्डारीसँग नीताको गहिरो प्रेम थियो । तर, केही महिना अगाडी मात्रै उनीहरुबिच ब्रेकअप भएको खबर बाहिरियो ।
For More videos Log on to Mazzako TV