सुदर्शन र पूजाको नजरमा परे पल
सुदर्शन थापाले निर्देशन गर्ने अर्को फिल्ममा मोडल तथा नायक पल शाह पक्का पक्की जस्तै भएका छन् । तर निर्देशक थापा र नायक शाहले नयाँ फिल्म गर्ने सम्झौतालाई बाहिर ल्याएका छैनन् । फिल्ममा नायिकाको रुपमा पूजा शर्मा नै रहनेछिन् ।

गत साता निर्देशक थापाको जन्मदिनमा पल उपस्थित भएका थिए । तर उनले उक्त उपस्थितिमा केही पनि खुलाउन चाहेनन् । निर्देशक थापाले पनि पललाई लिने खबर गुपचुप नै राखे । ‘हामी भव्य कार्यक्रम गरेरै नयाँ फिल्म निर्माणको घोषणा गर्नेछौं । आजलाई जन्मदिन मात्रै मनाउँ’ निर्देशक थापाले भनेका थिए । बुझिए अनुसार उनीहरु छिट्टै नै स्क्रिप्ट फाइनल गरेर फिल्म निर्माणको औपचारिक घोषणा कार्यक्रम गर्ने तयारीमा छन् ।
For More videos Log on to Mazzako TV







