खेम गुरुङको अन्तिम बिदाई : मरेपछि गंगाजीलाई (फोटो फिचर)
४२ वर्षकै उमेरमा निधन भएका चर्चित गीत ‘वारी जमुना पारी जमुना’ का गायक खेमराज गुरुङको आइतबार पशुपतिमा अत्यष्टी गरिएको छ । पशुपती लैजानुपुर्व गुरुङको पार्थिव शरीरलाई कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । आइतबारै गुरुङको पार्थिव शरीरलाई गृह जिल्ला संखुवासभा लगेर राजधानी फर्काइएको थियो ।
पुर्व प्रधानमन्त्री झलनाथ खनाल, सूचना तथा सञ्चारमन्त्री राम कार्की, पुर्व अर्थ मन्त्री सुरेन्द्र पौडेल, पुर्व प्रशाशन मन्त्री लालबाबु पण्डितले स्व.गायक गुरुङलाई अन्तिम श्रद्धाञ्जली दिए । सबैका प्रिय खेमलाई अन्तिम श्रद्धाञ्जली दिन साँगीतिक तथा फिल्मी क्षेत्रका थुप्रै व्यक्तित्वहरु प्रज्ञाको प्राङ्गणमा उपस्थित भएका थिए ।
स्व.गायक गुरुङको श्रद्धाञ्जली सभामा संगीतकारहरुको समुहले उनले गाएको चर्चित गीत ‘वारी जमुना पारी जमुना’ कारुणीक लयमा गाउँदा सबैका आँखा रसाएका थिए । स्व.गायक गुरुङकी वृद्ध आमा, श्रीमती र छोराहरु श्रद्धाञ्जली दिन प्रज्ञामा आएका थिए । खेमराज गुरुङको आत्माले शान्ति पाओस्, हार्दिक श्रद्धाञ्जली ! तस्बिरहरु : उत्सव रसाईली
For More videos Log on to Mazzako TV