दिपा र निशालाई चाहियो माया गर्ने नेपाली केटो (फोटो फिचर)
यसै साता अमेरिकादेखि नेपाल फर्किएकी गायिका निशा सुनारले तीज गीतको भिडियो छायाँकन गरेकी छिन् । बिहिबार बालाजुस्थित एनएफडिसी स्टुडियोमा अभिनेत्री दिपाश्री निरौलासँगै निशाले पनि तीज गीतमा कम्मर मर्काइन् । ‘माया गर्ने नेपाली केटो चाहियो’ बोलको गीतलाई शंकर विसीले दिनभर लगाएर निर्देशन गरे ।
झण्डै साढे दुई वर्षपछि नेपाल फर्किएकी गायिका सुनारले नेपाली दिदी बहिनीलाई आफ्नो कोशेली स्वरुप यो तीज भिडियो तयार गरेको बताइन् । अमेरिकामै छोरीलाई जन्म दिएकी निशाले भनिन्, ‘अमेरिका हुँदा मैंले दर्शकको मायालाई मिस गरें । मलाई पनि दर्शकले पक्कै पनि मिस गर्नु भयो होला । यही लामो समयको सम्झना स्वरुप तीजमा भिडियो ल्याउन लागेको हुँ ।’ तीज गीतमा उनको सोलो स्वर छ ।
यता भदौ २४ गते देखि प्रदर्शनमा आउने फिल्म ‘छक्का पञ्जा’ को कामलाई थाँती राखेर साथी निशाको तीज गीतमा कम्मर मर्काउन पुगेकी निर्देशक दिपाश्री निरौलाले भने निशाको यस वर्षको तीज गीत र भिडियोलाई श्रोता तथा दर्शकले रुचाउने विश्वास व्यक्त गरिन् । उनले भनिन्, ‘ निशाको यो गीतले हाम्रो गीत ‘सुर्के थैली’ ले भन्दा पनि भ्युअर्स पाओस् भन्ने मेरो कामना छ ।’ फिल्म ‘वडा नं ६’ को सुर्के थैलीले युट्युवमा ९५ लाख माथि भ्युअर्स पाएको छ ।
निर्देशक शंकर विसीले भिडियो नेपालीपनको भिडियो बनाएको बताए । निशाका पती विसीले भने, ‘भिडियो राम्रो बनेके छ । दिपा सासु र निशा श्रीमती दुवै जनाले राम्रो नाच्नु भएको छ ।’ गीतको भिडियो यसै साता सार्वजनिक हुनेछ । तस्बिर : उत्सब रसाईली
For More videos Log on to Mazzako TV