गायिका सरु गौतम र गायक विर्खबहादुर धामीको टिमअपमा फेरी अर्को तीज गीत सार्वजनिक भएको छ । अघिल्लो वर्ष ‘नाच्ने हो नाच्ने हो’ बोलको तीज गीत सार्वजनिक गरेका उनीहरुले यसपटक ‘यसपाली तीजमा’ बोलको तीज गीत ल्याएका छन् ।
saruसुभाष गौतमले लेखेको गीतमा टंक बुढाथोकीले संगीत गरेका छन् । अर्जुन अधिकारीले गीतको भिडियो निर्देशन गरेका छन् । भिडियोमा अभिनेत्री अनु शाह र मोडल विपना थापाले कम्मर मर्काइमर्काइ नाचेका छन् । मोडल प्रशान्त तामाङ र सुरेन पनि भिडियोमा फिचरिङ छन् । ‘अघिल्लो तीज गीतलाई दर्शकले रुचाइदिनुभयो,’ गायिका सरुले भनिन्, ‘यसपल्ट पनि त्यही टिमबाट अर्को गीत ल्याएका छौं, आशा छ दर्शकले रुचाइदिनुहुन्छ ।’

गीत हेर्नुस् :

 

For More videos Log on to Mazzako TV