राम बहादुर बाँडेका एकसाथ तीन एल्बम विमोचन
गायक, संगीतकार तथा रचनाकार राम बहादुर बाँडेका तीन साँगीतिक एल्बम एकसाथ रिलीज गरिएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा नयाँ शक्ति नेपालका नेता देवेन्द्र पौडेलको प्रमूख आतिथ्यतामा एल्बम सार्वजनिक गरिएको हो ।
नेपाली आधुनिक गीति संग्रह ‘नसोचेको भाग २’, भजन माला १ (नेपाल भाषा) र भजन माला १ (नेपाली भाषा) गरी तीन एल्बम सार्वजनिक भएका हुन् । त्यस्तै, ‘नसोचेको भाग (२) मा संग्रहित दुई गीतका भिडियो पनि सार्वजनिक गरिएको छ । दुवै गीतका भिडियोलाई रमेश पोख्रेलले निर्देशन गरेका छन् । भिडियोहरुमा नीता ढुंगाना, दिल श्रेष्ठ, नम्रता योगी, सुरज आर.डि. लगायतको अभिनय रहेको छ ।
सार्वजनिक आधुनिक गीतमा अष्ट लामाको संगीतमा राम बहादुर बाडे र अञ्जु पन्तको स्वर रहेको छ । यो एल्बममा रहेका सबै गीतका रचनाकार बाडे नै हुन् । साथै, नेपाल र नेपाली दुवै भाषामा भजन मालामा संगीत, शब्द तथा स्वर राम बहादुर बाडेको नै रहेको छ ।
For More videos Log on to Mazzako TV