‘सुनको जलप’ गाउँदै स्वरुप (भिडियो हेर्नुस्)
स्वरुपराज आचार्यको स्वरमा ‘सुनको जलप’ बोलको नयाँ गीति भिडियो सार्वजनिक भएको छ । शिव विकले निर्देशन गरेको भिडियोमा सञ्चारकर्मी तथा मोडल विकास लामिछाने र सरगम मल्ल फिचरिङ छन् ।
तेजेन्द्र गुरुङको संगीत रहेको गीतको शब्द शिव पलासले लेखेका हुन् । शम्भु चालिसेको छायाँकन रहेको भिडियोलाई रविन विकले सम्पादन गरेका हुने । होम घलेको एल्बम ‘जलप’ मा समावेश ‘सुनको जलप’ बोलको गीति भिडियो हेर्नुस् :