नेपाली साँगीतिक बजारमा दिनमै आधा दर्जन बढी म्युजिक भिडियो बनिरहेका छन् । यतिका संख्यामा बन्ने म्युजिक भिडियोबाट केही नयाँ मोडल उत्पादन हुन्छन् भने धेरै पुराना अनुहार दोहोरिन्छन् । पुराना अनुहारमा विशेष गरी फिल्म खेलेका नायिका बढी पर्न आउँछन् ।

neeta-pal-in-music-vdeo

चिनिएको अनुहार राख्यो भने समाचार सम्प्रेषण र युट्युवमा भ्युअर्स बढी हुने लगानीकर्तालाई लोभ हुन्छ । लगानीकर्ताको लोभमा फिल्मका हिरो हिरोइनलाई भने फाइदै पुग्छ । फाइदा यसकारण कि छोटो समयमै उनीहरुले राम्रो दाम पाउँछन् । फिल्म खेलेर चिनिएका हिरोइनले एउटा म्युजिक भिडियो खेले वापत चालिस हजारसम्म पाउँने गर्दछन् । एकाध खेल्नेलाई ८० हजार देखि एक लाखसम्म दिन पनि तयार हुने लगानीकर्ता छन् । जे होस्, फिल्म अभावका बिच पनि हिरोइनले म्यजिक भिडियो खेलेर मनग्गे पैसा कमाइरहेका छन् ।

neeta-dhungana

यस्तै मध्येकी एक हिरोइन हुन्, नीता ढुंगाना । नीताले गएको एक महिनामा मात्रै करिब दश वटा म्युजिक भिडियो खेलिन् । दुई वटा तीज गीतमा समेत कम्मर मर्काएकी नीता म्युजिक भिडियो आफ्नो प्रमुख आम्दानीको श्रोत भएको बताउँछिन् । ‘के गर्नु नखेल्न पनि सकिंदैन । खेल्नु पर्ने आफ्नै बाध्यता छ’ नीता सुनाउँछिन् ।

nikhil-neeta
म्युजिक भिडियो खेल्ने हिरो हिरोइनको फिल्ममा ‘चार्म’ घट्ने एक थरी फिल्मकर्मीको भनाई छ । यस भनाईमा सत्यता नभएको नीता बताउँछिन् । नीता भन्छिन्, ‘म्युजिक भिडियोले फिल्मलाई असर गर्दैन । बरु फिल्ममा चाहिं अहिले म्युजिक भिडियोका मोडल धेरै जमेका छन् ।’ पहिलाको जस्तो कलाकारमा स्टारडमा नभएका कारण पनि अहिलेका कलाकार म्युजिक भिडियोतिर बढी आकर्षित भएको नीतको बुझाइ छ ।

नीता हाल फिल्म ‘निर्भय’ को छायाँकनमा व्यस्त छिन् । निखिल उप्रेतीको अपाजिटमा अभिनय गरिरहेकी नीता अभिनित यो पछिल्लो फिल्मलाई मधुसुदन भट्टराईले निर्देशन गरिरहेका छन् ।

For More videos Log on to Mazzako TV